काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीको झन्डा र लोगो परिवर्तन गरेको छ ।
विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।
त्यसैगरी, यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए ।




















