साँकेतिक तस्बिर
गोरखा । गोरखामा बहुबिबाह मुद्दाका २ अभियुक्तहरु कारागार चलान भएका छन् ।
भिमसेन थापा गाउँपालिका २ पौवा सुनार बस्तीका बर्ष २४ का ठाकुर सुनार र वडा नम्बर २ घोप्टे चौतारा घर भएकी १९ की प्रतिमा सुर्खेती बहुविवाहको अभियोगमा कारगार चलान भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनिहरुले बुहविवाह गरेको भन्दै जेठी श्रीमती ममिता सुनारले प्रहरीमा जाहेरी दिएपछि दुवैजनालाई गएको असार १३ गते पक्राउ गरी बहु बिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धनपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरिएकोमा अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।




















