काठमाण्डौ । फिफा महिला विश्व कप फुटबलमा आज ३ वटा खेल हुँदैछ । अहिले नाइजेरिया र क्यानडाबीचको खेल चलिरहेको छ ।
नाइजेरिया र क्यानडा समूह ‘बी’ मा रहेका छन् । आजको दोस्रो खेलमा समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड बिहान १०ः४५ बजे र आजको तेस्रो खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो १ः१५ बजे खेल हुनेछ ।
हिजोदेखि शुरु भएको महिला विश्व कपमा आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।




















