भोजपुर । गत जेठ ९ गते भोजपुरको टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब–इन्जिनियर मन्दीप राईको मृत्यु प्रकरणमा प्रहरीले २ महिनापछि ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख तथा प्रहरी नायब उपरिक्षक शरदकुमार थापाको कार्यशैलीलाई लिएर सोमबार नागरिक समाज र विभिन्न घटनाका पीडितपक्षले आन्दोलन घोषणा गरेलगत्तै ३ जना पक्राउ परेका हुन् ।
सब–इन्जिनियर राईको मृत्यु प्रकरणमा पक्राउ पर्नेहरुमा ठेकेदार बालम राई, एक्साभेटर अपरेटर सम्राट केसी र सह–अपरेटर विष्णु भुजेल छन् ।
उनीहरुलाई मंगलबार बिहान पक्राउ गरी अनुसन्धान थालिएको प्रनाउ क्षेत्रीले जानकारी दिए ।




















