गोरखा । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको स्रोत जानकारी दिएको छ ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन ।
पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् ।
प्रचण्ड आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा आउदै छन् ।
तस्बिर प्रदिपराज वन्त


