गोरखा । नेकपा एमाले गोरखाका किरण ढकाल र रामकुमार श्रेष्ठलाई राष्ट्रिय युुवा संघ नेपाल गण्डकी प्रदेशको भिन्न २ समितिको सदस्यमा चयन गरेको छ ।
राष्ट्रिय युुवा संघ नेपाल गण्डकी प्रदेशले ढकाललाई संघको सदस्यमा र श्रेष्ठलाई विपद् ब्यवस्थापन कमाण्डकाे सदस्यमा चयन गरेको हो ।
असार ३० गते शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ढकाललाई सचिवालय गठन समितिको सदस्यमा चयन गरेको थियो । ढकाल नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत हुन ।
उता राष्ट्रिय युुवा संघ नेपाल गण्डकी प्रदेशका सदस्य समेत रहेका श्रेष्ठलाई विपद् ब्यवस्थापन कमाण्डको सदस्यमा चयन गरेको प्रदेश समितिले जनाएको छ ।





















