साँकेतिक तस्बिर
गोरखा । गोरखा आरुचनौटेका दुर्गाबहादुर क्षेत्री सहित २ जनालाई प्रहरीले राजधानीबाट नक्कली सुन र मुद्रा सहित पक्राउ गरेको छ ।
आरुघाट गाउँपालिका–१० आरुचनौटे घर भएका ४८ बर्षका दुर्गाबहादुर क्षेत्रीलाई प्रहरीले राजधानीको बसुन्धाराबाट पक्राउ गरेको हो ।
काठमाण्डौ महानगरपालिका–३ बसुन्धारामा नक्कली सुन र मुद्राको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधार प्रहरी भारतको लखनउ स्थायी घर भई काठमाण्डौ महानगरपालिका–१०, बस्नेत ४५ बर्षका विनयकुमार सिहंलाई पनि पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीको उनीहरुको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारेपछि सोधपुछ गर्दा सानो भरर्याङमा रहेको क्षेत्रीको कोठा खानतलासी गर्ने क्रममा नक्कली सुन सहितका सामान फेला परेको प्रहरीको जनाएको छ ।
पक्राउहरुबाट भारतीय २ हजार दरको भारतीय नक्कली नोट ४ थान, ५ सय दरको २ थान, १ हजार दरको नेपाली नक्कली नोट ६ थान बरामत गरिएको छ । त्यसका साथै १ किलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २०० थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १०० थान, लेमिनेसन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।
त्यस्तैगरी, सुनजस्तो देखिने पहेलो धातु समेत बरामद गरेको प्रहरी बृत महाराजगन्जले जनाएको छ । पक्राउ परेका दुवै जना बिरुद्ध ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




