काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले आज प्रतिवेदन बुझाएका छन् ।
अभियानकर्मीहरुको एक समूहले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएको भएता पनि सभापति देउवा केन्द्रीय कार्यालयमा अनुपस्थित भएका कारण मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।
पार्टी रुपान्तरणका लागि भन्दै २९ बुँदे प्रतिवेदन बुझाइएको केसीले पत्रकारलाई जानकारी दिए । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको उनले बताए ।
प्रतिवेदनको पूर्ण पाठ


