पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।
ज्यान जानेमा लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारका २३ वर्षीय विवेक विक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका जितेन्द्र विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग. १ प ८६७६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग. १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउँपालिकाको पोल्याङमा ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसचालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।


