बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवाङ्गत पत्नी स्वर्गीय सीता दाहालका बारेमा फेसबुकमा असंवेदनशील स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने ब्यक्ति बुटवल देवीनगरका शेरबहादुर राना भएको पुष्टी भएको छ ।
हिजो आइतबार पक्राउ परेका रानालाई आज काठमाडौं लगिदै गरेको साइबर ब्यूरोले जानाकारी दिएको छ ।
“प्रधानमन्त्री पत्नी दाहालका बारेमा सामाजिक सञ्जालमा संवेदनशील पोस्ट राखेको पायौं,” ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले भने, “आज काठमाडौं ल्याउँदै छौँ । त्यसपछि थप कुराहरू खुल्नेछ ।”



