×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

१२ वर्ष पहिलेको डायरीबाट (तातोपानीदेखि फिलिमसम्म)

  •  गोरखा समाचार
  • सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    संक्षिप्त सनातनी कृतहरू सम्पादन गरी तातोपानीको अनवरत स्रोतको अत्युत्तम नभएपनि म्याग्दी जिल्ला जत्तिकोसम्म भएपनि व्यवस्थापन गर्ने शोच तयार पारेँ (तस्वीर संलग्न छ)। एकजना २०४५/०६/१५ मा जन्मेकी सरिता घले अपाङ्ग रहिछन्, उनलाई भेटी चिया बिस्कुटको बिहानी खाजा खाई/ख्वाई ६:३० बजे यात्रारम्भ गर्‍यौँ । मेरो देब्रेखुट्टा हिजो तातोपानी पुग्ने बेलाको ओह्रालोमा सटक्क गरेथ्यो, त्यसैको होला पीडा महसुस भैरहेको थियो । सोचेँ – यस्तै पीडा भए म कसरी साम्दो-सामागाउँ जान सकुँला ? तर “कि गरी छाड्यो, कि मरी छाड्यो, मर्दको इरादा” भन्ने देवकोटा वाणीलाई मनन गरी जसरीपनि लक्ष्यभेदन गरेरै छाड्ने शोचमा दृढ रहेँ । ७:३० बजे दोभान पुगेका साथीहरू अघि बढिसक्नु भएछ । म र देवान साथै थियौँ । बिच बाटोमा ३ जना केटाकेटी साथ एकजना लोग्नेमान्छे ‘म तल चाउरा काट्दै थिएँ, माथिबाट ढुङ्गा खसेर चोट लाग्यो’ भनी देब्रे खुट्टाको नलिहाडबाट रगत बगाउँदै थिए । हामीले दोभान जाने सल्लाह दियौँ । साथीहरू ठूलोढुङ्गा पुगेर चिया खाँदै हुनुहुँदो रहेछ । हामी पनि सामेल भयौँ, पल्तिरपट्टि एकजना महिला राडी बुन्दै हुनुहुन्थ्यो (तस्वीर संलग्न छ) ।

    ९:२० मा यारुखोला हुँदै १०:४० बजे जगत भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ पुग्नु पहिले ठुलोढुङ्गाबाट अर्जुनचौपारी, स्याङ्जा घर भएका सिर्दिवासमा कार्यरत हवल्दार कृष्णबहादुर बिक. भेट भई मेरो झोला समाइदिएर सहयोग गरेथे । जगत बजार पुग्नु पहिले मनास्लु संरक्षण क्षेत्रको प्रवेश बिन्दु पर्दोरहेछ (तस्वीर संलग्न छ), सम्झनाका लागि तस्वीर खिची अघि बढ्दा एकजना ९० वर्षीय बुढाबाले दाउरा खोज्न हिँड्नु भएको थियो (तस्वीर संलग्न छ) । यसले यहाँको स्फुर्तिलो हावापानीको छनक दिएको आभास हुन्थ्यो एकातिर भने अर्कोतिर त्यो उमेरमा पनि काममा सरिकिनुपर्ने बाध्यताले घरमा नौजवानहरू नभएको अर्थात् विदेशिन बाध्य भएको अड्कल हुन्थ्यो । बिचमा एउटा झोलुङ्गे पुलमा माथिबाट ठूलो ढुङ्गा खसेर क्षति पुर्‍याएको पाइयो (तस्वीर संलग्न छ) ।

    हिजो बेलुका तातोपानीमा कमलसरले हाइकु सुनाउनु भएको थियो र मैले अभ्यास पनि गरेको थिएँ । वहाँहरू गुणबहादुर कार्कीसाथ जगत बजार घुम्नु भयो । मैले यात्रालाई गीति कवितामा उतार्ने चेष्टा गरेँ । ससाना नानीहरू गोटा खेल्दै थिए (तस्वीर संलग्न छ) । मलाई पनि एकटिपु, दुईटिपु, तीनटिपु, धावे, टोड्के, लचकचे, छिन्के, घोडे जस्ता तत्सम्बन्धी शब्दहरू मथिङ्गलमा आलिए । एउटा फोटो खिचेर खाना खायौँ । सादा खाना प्रतिजना रु.१००।- रहेछ, एउटा कुखुराको रु.१,५००।- गरी हामी १२ जनाले २,५००।- तिरी यात्रा अघि बढायौँ । मेरो खुट्टाको पीडा बढ्दो थियो । सोही खुट्टाको बुढीऔँला पनि दुखिरहेको थियो रपनि हेर्दा विचार शक्तिमा प्रतिकूल प्रभाव हुने ठानी हेरिरहेको थिइन ।

    १२:३० बजे हिडेका हामीहरू १:१० बजे सल्लेरी पुग्यौँ । सिर्दिवास पुग्नु पहिले पैयुँ भन्ने ठाउँमा असौजमा आएको पैह्रोले ११ घरहरू स्वाट्टै पुरेको रहेछ । अवलोकन गरी फिलिममै राहत रकम दिनुपर्ला सोच्दै सहानुभूति प्रकट गर्‍यौँ । २:०० बजे सिर्दिवास, २:१५ मा घट्टेकुला हुँदै पुल तरेपछि २८० पाइलाको फिलिमसम्मको उकालो चढ्यौँ । जिल्ला शिक्षा अधिकारी लोकनाथ पौडेल र एमक्याप (मनास्लु संरक्षण क्षेत्र आयोजना) का स्याङ्जा, बाङ्सिङका भीमजी, प्रहरीसाथीबाट स्वागत ग्रहण गरी (तस्वीर संलग्न छ) घुम्ती सेवा सञ्चालन स्थल – बुद्ध माध्यमिक विद्यालयतिर गयौँ ।

    साँझ दिनमा भएको कार्यको सघन समीक्षा (तस्वीर संलग्न छ) गरी एमक्यापकै अतिथि गृहमा माननीय अमर तमु र हामी ३ जना खाना खाई आराम गर्‍यौँ । खुट्टको पीडा बारेमा डा. गुणराज लोहनीसँग परामर्श गर्दा आईब्रुफेन ४०० मिलिग्राम र सल्फाट्रिम औषधि खाने सल्लाह अनुसार दबाइ खान सुरु गरेँ ।

    २२ गते मङ्गलबार सनातनी कर्महरूमा सक्रिय हुन हिजोसम्मको हिँडाइको परिणाम हुनसक्छ, स्थुल शरीर सिथिलप्राय: लाग्यो । यथासमयमा उठी मेडिटेशन गरी चिया बिस्कुटको बिहानी खाजा खाई घुम्ती सेवाकेन्द्र स्थल – बुद्ध माध्यमिक विद्यालयमा गयौँ । सेवा प्रदायनको कार्य सहज ढङ्गले भैरहेकोमा सन्तोष लाग्यो ।

    संयोग एकजना आम्ची (स्थानीय आयुर्वेद बैद्य) आगनु भएकाले छेकप्पारका नीमा लामाजीको राय बमोजिम नाडी विचार गर्न लगाएँ (तस्वीर संलग्न छ)। ठण्डीका कारणले पीडा भएको व्यहोरा जनाए । मालपोत हाकीम – झवीलालजी, भू-संरक्षण हाकिम – रामहरीजीहरूले पनि जँचाउनु भयो । खाना खाने समय भएपछि मनास्लु संरक्षण आयोजनाको भान्सामै खाना खायौँ । ई. दिलिपजी फर्कने तयारी गर्नु भएकाले बिदाइ गरी मैले दैनिकी अद्यावधिक एवम् विकास अन्तरक्रियाको खाका तयार पारेर लट्ठीकै सहारामा पुन: कार्यक्रम स्थल गएँ ।

    सबै स्टलहरूको अवलोकन गर्दै जाँदा फोटो खिच्ने ठाउँमा अत्यधिक चाप थियो (तस्वीर संलग्न छ)। वास्तवमा यस्तो कार्यक्रममा फोटोग्राफरलाई पहिल्यै दरभाउ तय गरेर ल्याउनु उपयुक्त हुँदो रहेछ जस्तो लाग्यो । हुनपनि नागरिकता लिनहोस् वा नाता प्रमाणित गर्न, जग्गा नामसारी गर्न होस् वा टेलीफोनको निवेदन गर्न – पहिला फोटै चाहिने हुन्छ । दोस्रो भीड मालपोत, गाविस., जिल्ला प्रशासन र स्वास्थ्यका स्टलहरूमा देखिन्थ्यो । बृद्धबृद्धादेखि बालबालिकाले समेत सेवा लिइरहेका थिए । बुढा-बुढा बाहरू बसेर चुरोट खाँदै कुरा गरिरहेका देखिन्थे ।

    कतै बच्चालाई काखमा लिई राजनैतिक संयन्त्रका व्यक्तिहरूसँग गुनासो पोख्दै थिए भने कतिपय समस्याहरू प्रमुख जिल्ला अधिकारीसँगै ठोकिन्थे । हिजैको समीक्षामा प्रक्रियालाई सरलीकरण र सहजीकरण गरी अधिकाधिक जनताहरूलाई सेवा प्रदान गर्ने निष्कर्ष निस्केको थियो । यसो भन्दैमा बाध्यकारी कनुनी प्रावधानहरूमा ‘कम्प्रोमाइज’ गर्नु भने हैन ।

    मलाई बुलाँकी लगाएका आमै, दिदी र बहिनी भन्न सुहाउने महिलाहरू भेटेर फोटा खिच्न मन लाग्यो । हुनपनि यतातिर अझैपनि बुलाँकी लगाउने महिलाहरू भेटिँदा रहेछन् ।अन्तत: जिविसको कार्यालयको आयोजनामा सरोकारवालाहरूबिच विकास अन्तरक्रियाको आयोजना गरियो (तस्वीर संलग्न छ) । जसमा माननीय, राजनैतिक संयन्त्रका जिल्ला/गाउँस्तरका पदाधिकारीहरू, प्रमुख जिल्ला अधिकारी, सबै कार्यालय प्रमुखहरूको उपस्थिति थियो । कर्मचारीतन्त्र र राजनैतिक व्यक्तित्त्वहरूकाबिचमा वरियता क्रम सुस्पष्ट नहुँदा औपचारिक आसनग्रहण समेत नगरी अनौपचारिक तर खँदिलो हिसाबले कार्यक्रम सम्पन्न भयो । सोही क्रममा दैनिक समीक्षा पनि गरियो ।

    आज मुलुकमा मन्त्रिमण्डलको विस्तार भई ४६ सदस्यीय बन्यो । सोही क्रममा डोल्पाकी सत्या पहाडी (म त्यहाँ शिक्षक हुँदाकी विद्यार्थी) पनि शान्ति तथा पुननिर्माण मन्त्री भएकोमा बधाई सन्देश पठाई खाना खाएर क्यामेराका फोटाहरू ल्यापटपमा अपलोड गरी आराम गरेँ ।
    २३ गते खुट्टा अलि सञ्चो भएको महसुस भएकोछ । चिया पछि फिलिम बजारको अवलोकन गरियो । नियालो प्रशस्त पाइने हुनाले चिरेर गिद्रा, चुइया बनाएर हैन कि नियालैलाई मुङ्ग्राले थिचेर च्याती चित्रा बुन्ने गरिँदो रहेछ, जुन खपाउका हिसाबले उपयुक्तै जँच्यो ।

    खाद्य संस्थान, गाविस. भवन निर्माण स्थल, स्वास्थ्य चौकी, अस्पताल निर्माणस्थल आदिको अवलोकन गरियो । गाउँको माथि स्थानीय निकास कोषले शौचालयहरू बनाइदिएको रहेछ, जुन प्रयोज्यै छैन कि भन्ठानेकोमा भित्र नियाल्दा सफा चुस्तरूपमा नभएपनि प्रयोग भैरहेको पाउँदा खसी लाग्यो । फोटोको कागज सकिएका कारण आज ल्याउने आदेश बएकोमा जम्मा २५ थान मात्र ल्याउनु, विद्युतको कुलोमा पहिरो जाँदा विद्युत् आपूर्ति बन्द हुनु जस्ता कारणहरूलाई एमक्यापकै सोलारबाट चलाउने सल्लाह गरियो । कागजको अभावमा फोटोकपी नमुना फारामको गरेर एमक्यापका साथीहरूले हातैले भरिदिने गर्नु भएको थियो । यस मानेमा यो शिविरमा एमक्यापको गहन योगदान रहेको महसुस गरेकोछु ।

    खाना खाई कार्यक्रमस्थलमा गई आज शिविरको अन्तिम दिन भएकोले हाम्रो सामागाउँतिर जाने कार्यक्रमलाई भोलि बिहानलाई सल्लाह गरी दिपालगाउँ र पैयुँगाउँका पैरो पीडितहरूलाई राहत वितरण गरियो । पैरोले सम्पूर्ण घरवासविहीन भएकाहरूलाई जिविसबाट २०००।- र जिल्ला प्रशासन कार्यालयबाट रु.२,०००।- राहत स्वरूप वितरण गरियो । एउटा घर नपुरिएकाले पनि जिल्ला प्रशासनको राहत प्राप्त गर्‍यो तर हामीबाट हैन । अनि ४/५ लाखको क्षति र ५० हजारको क्षतिप्रतिको समानता पनि त्यति उपयुक्त जँचेन ।

    जेहोस्, राहत वितरणपछि सिर्दिवास सेवा केन्द्र, फिलिममा स्थापना गर्ने हो भने घर भाडामा पाइने/नपाइने, स्थानीय सहयोग कस्तो रहने, इलाका प्रशासन कार्यालय र प्रहरीहरूलाई पहिला मिलाउनुपर्ने बारेमा सामान्य छलफल गरी एउटा सर्वपक्षीय समिति बनाई टुङ्गो लगाउने सुझाव गरेँ ।

    त्यसपछि एमक्यापको भान्सामा आलुको अर्नी खाई समापन कार्यक्रममा सरिक भएँ, जहाँ दुई शब्द राख्ने प्रस्ताव नभएको बुझेपछि प्रमुख जिल्ला अधिकारीलाई आफू नबोल्ने र वहाँबाटै समस्त राष्ट्रसेवकको प्रतिनिधित्व गर्न आग्रह गरेँ । सबैले यो प्रथम प्रयास प्रशंसनीय रहेको, सेवा केन्द्र छिट्टै स्थापना होस् भन्ने माग प्रकट गरे ।

    समापनपछि सैनिक टोलीले मेजर अर्जुन बस्नेतको अगुवाइमा सिस्नुको सुप, लोकल कुखुराको झोल र ढिँडो/भातको परिकार खान निम्ता गरे बमोजिम सहभागी भई फर्केर भोलिबिहान ६:३० बजे उत्तरी गोरखातर्फ यात्रा अघी बढाउने सल्लाह गरी आरम गरेँ ।
    तस्वीरमा व्यहोराहरू … … …

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.