गोरखा । गोरखा सदरमुकाम संग जोडिएको एक गाउँबाट गोरखाबाट प्रहरीले ३ थान अबैध भरुवा बन्दुक सहित ३ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ परेको तिनै जनाले घरभित्र लुकाएर राखेको अवस्थामा बन्दुक बरामद भएको गोरखा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार शहिदलखन गाउँपालिका–९ नामजुङमा लुकाई छिपाई अबैध भरुवा बन्दुक राखेको विशेष सूचनाको आधारमा खान तलासी गर्दा फेला परेको हो ।
प्रहरीले बन्दुर सहित बर्ष २४ को सन्दिप भुजेल, बर्ष ३३ को पर्वत बाबु थापा र बर्ष ४८ को कुलबहादुर घर्तीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबै जनाको घरमा १–१ थान १ नाले भरुवा बन्दुक फेला परेका कारण उनीहरुलाई प्रहरीले नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाइ हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता गरी असार ३१ गते आइतबार नै गोरखा जिलल अदालतबाट म्याद थप गरीको र प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।



