गोरखा । रोटरी क्लब अफ बज्र मनास्लुले नयाँ साँघुमा रहेका शिव मन्दिरमा बृक्षारोपण गरेको छ ।
क्लबको नियमीत कार्यक्रम अन्तरर्गत बृक्षारोपण गरिएको अध्यक्ष शिशुबावु प्रधान (शिशिर)ले जानकारी दिए ।
सिरान्चोक गाउँपालिका–६ को नयाँसाँघु स्थित शिव मन्दिर परिसरमा बृक्षारोपण गरिएको क्लबले जानकारी दिएको छ ।
उक्त स्थानमा विभिन्न प्रजातीका ११० वटा बिरुवा रोपण गरिएको छ ।
पदाधिकारी, साधारण सदस्य र स्थानियहरु मिलेर मन्दिर परिषरमा बृक्षारोपण गरिएको हो ।
मन्दिर परिषरमा फुलप्रजातीका धुपी, गुलमोहरका साथै अन्य प्रजातिका अमला, हर्रो, बर्रोको बिरुवा रोपण गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।











