साँकेतिक तस्बिर
रसुवा । गोसाईकुण्ड गाउँपालिका–५ को स्याफ्रुबेशीस्थित निर्माणाधिन लामटाङ खोला हाईड्रोपावर कम्पनीको क्याम्पको भिरबाट ढुङ्गा खसेर लाग्दा शनिबार २ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा सोही हाईड्रोपावरका साइड इन्चार्ज ४५ वर्षीय दिपक चन्द र सिन्धुली गोजर गाउँपालिका–१ घर भएका १९ वर्षीय विशाल भुजेल रहेको रसुवा प्रहरीले जनाएको छ ।
उक्त हाईड्रोपावरको क्याम्पमा खाना खाइरहेको अवस्थामा भिरबाट ढुङ्गा खसेर लाग्दा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पछि प्रभु एयरको हेलिकप्टरद्वारा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं लगिएको थियो । दुवै जनाको उपचारको क्रममा ज्यान गएको हो ।
ढुङ्गाले लागेर घाइते भएका सल्यान स्यानिखाल नगरपालिका–१३ घर भएका १६ वर्षीय जनक बुढा र सोही नगरपालिका–१३ घर भएका ४५ वर्षीया पार्वती बुढालाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि अल्टीच्युट एयरको हेलिकप्टरद्वारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ ।
दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उनीहरुको उद्दार कार्य गेरका को प्रहरीले जनाएको छ ।


