गोरखा । गोरखाको ज्यादुल खोलामा डाईभर्सन पुल निमार्ण सम्पन्न भएको छ । बर्खायाममा सवारी साधन आवतजावत गर्ने कठिनाई भोग्नु परेको जनगुनासा पछि भिमसेन थापा गाउँपालिका वडा नम्बर–७ को ज्यादुल खोलामा डाईभर्सन पुल निर्माण गरिएको हो ।
प्रदेश सरकारको ३५ लाख बजेटमा डाईभर्सन पुल निमार्ण सम्पन्न गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले बताए ।
खोलामा ७ वटा ठूला हिम पाईप जडान गरी डाईभर्सन पुल निमार्ण गरिएको हो । खोलामा पुल नहँदा बर्खायाममा खेत बारीमा काम गर्नका लागि ओहोर दोहोर गर्न पनि समस्या भएकोमा अव भने सहज हुने
भए पछि स्थानीयबासीहरु खुशी भएका छन् ।
‘पुल निमार्ण गर्न गाउँपालिकासंग हामीले पटक पटक माग गदै आएका थियौ, स्थानीयबासी जीवन कुमालले भने, ‘अहिले माग सुनुवाई भएर पुलको काम पनि सम्पन्न भएको छ ।’ उक्त पुल हुदैँ घाटेवेसी देखि गोरखा सदरमुकाम, घाटेवसीदेखि बेनिघाट, काठमाण्डौसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधनहरु चल्ने गर्दछ ।
खोलमा हिम पाईप, ढुङगा र जालीको अस्थायी डाइभर्सन पुल निर्माण गरिएको हो ।


