गोरखा । ३ भिन्न संस्थाहरुले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई गर्भवती महिलाको भिडियो एक्सरे चेकजाँच गर्ने उपकरण सहितको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
मुटु फाउन्डेशन नेपाल, मनोज एशोसिएसन फ्रान्स र हम्ड ब्रेस्ट फ्रान्स नामक संस्थाको संयुक्त साझेदारीमा गाउँपालिकालाई १ थान भिडियो एक्सरे मेसिन तथा ७८ थान स्टेचर हस्तान्तरण गरिएको हो ।
गाउँपालिका भित्र रहेका गर्भवती महिलाहरुको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जाँच गर्न सहयोग पु¥याउने उद्देस्यले ति संस्थाहरुले भिडियो एक्सरे मेसिन गाउँपालिकालाई उपलब्ध गराएको पालिकाले जनाएको छ ।
संस्थाहरुको तर्फबाट संयुक्त रुपमा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङलाई हस्तान्तरण गरेको जनाएको थियो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै गाउँपालिका उपाघ्यक्षले सबै संस्थाहरुलाई धन्यबाद दिइन ।
संस्थाले उपलब्ध गराएको स्टेचर आवश्यक पर्ने स्वास्थ्य संस्थाहरुलाई आवश्यकताका आधार वितरण गरिने गाउँपालिकाले जनाएको छ ।


