साँकेतिक तस्बिर
गोरखा । गोरखाको एक बिद्यालयको होस्टलको लापरर्वाहीका कारण १ जना बिद्यार्थीले अनाहकमा ज्यान गुमाएका छन् । आरुघाट गाउँपालिका–२ मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयको होस्टलको लापरर्वाहीका कारण सोही बिद्यालयको कक्षा १० मा अध्ययन गर्ने एक छात्रको पौडी खेल्ने क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले दिएका जानकारी अनुसार सोही बिद्यालयमा अध्ययरत धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कब्निष गुरुङको पौडी खेल्ने क्रममा ज्यान गएको हो ।
होस्टलमा बस्दै आएका अर्का १ जना साथी संग आरुघाट गाउँपालिका–२ को छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्न गएका उनको रहमा डुबेर ज्यान गएको थियो । घटना बिहीबार दिउसो ३ः०० बजे भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
उनी संगै पौडी खेल्न गएका साथी भने शकुसल बिद्यालय फर्किएका थिए । पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा उपचाकरो क्रममा मृत्यु भएको प्रनाउ तथा सूचना अधिकारी श्रेष्ठले बताए ।
उनका अनुसार घटना पछि शवको पोष्टमार्टम गरेर परिवारलाई बुझाएको र परिवारले आफ्नो धार्मिक संस्कार अनुसार अन्त्यष्टी गरेका छन् ।


