बैतडी । बैतडीको मरेलीधारमा कुटपिट गरी नातीको हत्या गरेको आरोपमा हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई भएको बैतडी प्रहरीले जनाएको छ ।
गणेशले आफ्नै नाती २ वर्षीय रेशम साउँदको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गणेशले रेशम र अर्का ८ वर्षीय नाती समेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थियो ।
घाइते रिजनलाई सोही अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीहरुको टोलीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



