साँकेतिक तस्बिर
जुम्ला । जुम्ला गएको बिहीबार चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका हुन् । चट्याङ परे लगत्तै ७० वटा भेडाबाख्रा हराएको छ ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार ट्याङले ४२ बाख्रा र ८ भेडा मरेको र ७० भेडाबाख्रा हराईरहेको पनि पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । केसीका अनुसार स्थानीयवासी कृष्ण ऐडी र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका र हराएका हुन् ।
उक्त स्थान जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको छ ।


