गोरखा । उत्तरी गोरखाको बारपाकमा उत्पादीत अर्गानिक तरकारी अब गोरखा बजारमा आउने भएको छ । बारपाक सुलिकोट गाउँपालिका–२ को मान्द्रे क्षेत्रमा उत्पादीत अर्गानिक तरकारी गोरखा बजारमा बिक्रीका लागि ल्याउने भएको हो ।
बारपाकबासीले तरकारी पठाउनका लागि अहिले बारपाक ग्रामिण बजार तथा संकलन केन्द्रको समेत स्थापना गरीसकेको छ । केन्द्रले हुईचे, अलगम, मान्द्रे र दरगाउँ थैलीडाँडा कृषक समूहबाट उत्पादित अर्गानिक तरकारी गोरखा बजारमा पठाउन लागेको संकलन केन्द्रका अध्यक्ष मनबहादुर गुरुङले बताए । ‘यो क्षेत्रमा गोलभेडादेखी काँक्रोसम्म उत्पादन हुन्छ’ उनले भने ‘यहाँ उत्पादीत अर्गानिक तरकारी पहिलो पटक बिक्रीका लागि गोरखा बजार पठाउन लागेका हौ ।’
कृषक समूहका मानिसहरु
केन्द्रले शुक्रबारदेखी तरकारी संकलन गर्ने र शनिबार गोरखा र बारपाक बजारमा तरकारी बिक्रीको तयारी थालेको उनले बताए ।
मान्द्रे क्षेत्रमा तरकारी तर्फ गोलभेडा, काउली, बन्दा, सिमी, घिरौला, खुर्सानी, काक्रो, फर्सी, लौका, कागती, चिचिन्डा, भेन्टा उत्पादन हुदै आएको छ भने फलफुल तर्फ अब्बा, निवुवा, कागती, केराहरु उत्पादन हुने गर्दछ ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिण्णुप्रसाद भट्टका अनुसार सो क्षेत्रमा उत्पादन भएका तरकारीलाई आयआर्जन तथा पर्यटन संग जोडन सकिएको खण्डमा किसानहरुको आर्थिक आयआर्जन बृद्वि सम्भव भएको बताए । ‘तरकारी उत्पादनलाई किसानको आयआर्जन संग जोडन सकिन्छ’ अध्यक्ष भट्टल भने ‘कृृषिलाई पर्यटन संग जोडने गरी पालिकाले कार्यक्रम ल्याएको छ ।’
संकलन केन्द्र उदघाटन गर्दै अघ्यक्ष बिण्णुप्रसाद भट्ट
पालिकाले ल्याएको नीति तथा कार्यक्रममा किसानहरुलाई ब्यवसायीक बनाउदै उत्पादन बृद्विमा जोड दिइएको छ । ‘हामीले किसानले उत्पादन गरेको तरकारीको समर्थन मुल्य तोकेका छौ’ उनले भने ‘उत्पादीत तरकारी बिक्रीको आधारमा किसानलाई समर्थन मुल्यमा थप ५ प्रतिशत रकम पालिकाले अनुदान उपलब्ध गराउने छ ।’
पालिकाले किसानलाई दिने अनुदान रकम भने किसानको ब्यक्तिगत खातामा बर्षको २ पटक जम्मा गरिदिने ब्यवस्था पालिकाले मिलाएको छ ।





