गोरखा । गोरखा बजारमा प्रहरीलाई गालीगलौज र डिउटीमा बाधा गरेको भन्दै गोरखा प्रहरीले ३ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउसो ४ः४५ बजको समयमा गोरखा नगरपालिका–६ को हस्पिटल चोकमा डिउटीमा खटिएका प्रहरीलाई गालीगलौज गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका-६ अश्राङ बस्ने बर्ष २० को प्रेम राना मगर, गोरखा नगरपालिका-३ नारेश्वर बस्ने बर्ष २९ को सन्तोष थापा र गाेरखा नगरपालिका-८ आर्युवेदिक चोक बस्ने बर्ष २७ को शिशिर रानाभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरुले मादक पदार्थ सेवन गरी डिउटीमा खटिएका प्रहरीहरुलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज दुर्व्यवहार गर्नुका साथै सार्वजनिक सडकखण्डमा हो(हल्ला गरी अशान्ति फैलाई डिउटीमा बाधा अवरोध पुर्याएको हुँदा निजहरुलाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका सबैको स्वास्थ्य परीक्षणको लागि गोरखा अस्पताल गोरखा लगिएकोमा अस्पतालमा महिला स्वास्थ्यकर्मीहरुलाई पनि अपशब्द बोलीको र अशान्ति मच्चाएको तथा स्वास्थ्य परीक्षण पश्चात यस कार्यालयको प्रहरी नियन्त्रणमा कक्षमा ल्याईएकोमा प्रहरी नियन्त्रण कक्षमा डिउटीमा खटिएका महिला प्रहरी कर्मचारीलाई समेत अपशब्द बोली दुर्व्यवहार गरेको पनि प्रनाउ श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका सबैलाई बिहीबार नै सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरील जनाएको छ ।



