गोरखा । प्रेस युनियन गोरखाका आज भएको अधिवेशनले अध्यक्षमा पुनः नरेन्द्र ढकाललाई निर्विरोध निर्वाचित गरेको छ । सदरमुकाममा बिहिबार बिहान भएको ५औं अधिवेशनले अध्यक्षमा ढकाललाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले महिला उपाध्यक्षमा मेलिना बराम, पुरुष उपाध्यक्षमा बिराज त्रिपाठी, सचिवमा सुदिप श्रेष्ठ, सहसचिवमा प्रतिक्षा आले र कोषाध्यषमा विवर गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै गरी, युनियनको गोरखा जिल्ला कार्य समितिका सदस्यहरुमा मदन बिक, ऋतु गान्धारी, अफ्जल मियाँ, बविता श्रेष्ठ र छिरिङ फुन्जो लामा चिर्वाचित भएको अध्यक्ष ढकालले जानकारी दिए ।


