काठमाडौं । लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् । अमेरिकाको बोस्टनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट उक्त पदमा बुर्लाकोटी निर्वाचित भएका हुन् ।
विश्वका २०० भन्दा बढी देशमा लायन्स सक्रिय छ । बुर्लाकोटी लायन्सको विश्वभरका १८ जना इन्टरनेशनल डाइरेक्टरमध्येको एक हुन । इन्टरननेशनल डाइरेक्टरको रूपमा उनले २०२५ सम्म कार्य गर्न पाउने छन् ।
बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व अध्यक्ष समेत हुन । परोपकारी संस्था लायन्स अन्तर्राष्ट्रियमा बुर्लाकोटीले आफ्नो गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए ।
बुर्लाकोटीले लायन्सको १०० वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बनाएका थिए भने २ हजार ८६३ मेम्बरसिप ग्रोथ तथा १०० एमजेएफ कन्ट्रिव्युसन गराउन सफल भएका थिए ।
नेपाली लायन्सका सदस्यहरू बिच चिरपरिचित भएर काम गरेकाले तथा देशभरका लायन्स सदस्यहरूको मन र विश्वासका कारण आफू इन्टरनेशनल डाइरेक्टरमा विजयी भएको बुर्लाकोटीले बताए । उनले आगामी दिनमा अझै आफ्नो सक्रियतालाई बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउने प्रतिबद्वता समेत ब्यत्त गरे ।
त्यस बाहेक पनि बुर्लाकोटीले लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने बताउदै नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरू ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने बताए ।




















