काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरी आज राजधानीबाट पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई महाराजगञ्जबाट पक्राउ गरेको जनाएको छ ।
गुरुङले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।


