नवलपरासी (पूर्व) । नेपाली, भारतीय र अमेरिकाको नक्कली मुद्वा सहित आज प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३९ वर्षीय कर्मुल्लाह जोलाह महमद भएको कावासोती प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका महमदको साथबाट नेपाली १ हजार दरको ७ थान, ५ सय दरको २८ थान, १ सय दरको ५२ थान, ५० दरको ३४ थान, २० दरको ५ थान, १० दरको २ थान, अमेरिकी डलर ५० दरको २६ थान, भारतीय रुपैयाँ २ सय दरको ३ थान, १ सय दरको ४ थान र २० दरको १ थान फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान मध्यबिन्दु नगरपालिका–८ फुलबारीबाट महमदलाई प्रहरीले प्रकाउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीको टोलीले लु. ८२ प ३९९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक महमदलाई उक्त नक्कली जस्तो देखिने नोटसहित पक्राउ गरेको हो ।
प्रहरीले नोटका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


