नवलपरासी (पश्चिम) । जग्गाको विवादमा मंझरियामा देवरले भाउजुको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१० मंझरिया बस्ने आफ्नै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं–झगडा हुँदा २५ वर्षीया मिरा चौधरीलाई चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएको र उनका उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाईते चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)ले जनाएको छ ।
मिराको मृत्यु लगत्तै प्रहरीले चन्दनलाई पक्राउ गरेको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


