सर्लाही । घुर्कौलीमा घरायसी झगडा हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । श्रीमती हत्या आरोपमा प्रहरीले हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
राम भरोसाले आफ्नै श्रीमती २८ वर्षीया नैनकुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेको सर्लाही प्रहरीेले जनाएको छ ।
सामान्य घरायसी झगडा हुदा राम भरोशले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटना स्थलमा नै ज्यान गएको थियो । घटना लगत्तै आफै ईलाका प्रहरी कार्यालय हरीवनमा उपस्थित भएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




















