काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे प्रहरीले अनुसन्धान थालेका छन् ।
मंगलबार साँझ बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले तामाङले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । तामाङको निधनका बारेमा अनुसन्धान भईहरहेको बुढानिलकण्ठ प्रहरीले जनाएको छ ।
गायक तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार गायकको शव भेटिँदा कोठाको ढोका भित्रबाट लक भएको अवस्थामा भेटीएको थियो ।
घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीको भनाई छ ।




















