काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १–२ दिनभित्रै प्रकाशन गर्ने तयारी गरेको छ ।
प्राविधिक पक्षको काम सकिए बुधबार बोर्डको बैठक बस्ने र बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्ने छ ।
बोर्डले कक्षा १० को यसअघिको जस्तै लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार प्रकाशित गर्ने तयारी गरेको छ ।
यस पटक एसईईको नतिजा चाढो हेर्न मिल्ने गरी बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ । नतिजा प्रकाशनका लागि ५ वटा संस्थाले अनुमति पाएका छन् ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्ट नेपाल प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका छन् ।
यस्तै १४ वटा वेवसाइटबाट पनि नतिजा हेर्न मिल्ने बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
कसरी हेर्ने त नजिता ? जान्नको लागि तल हेरौं



