झापा । झापामा आज बिहान जङ्गली हात्तीकाे आक्रमणमा परी १ जना वृद्धाको ज्यान गएकाे छ । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको ज्यान गएकाे हाे ।
पूजा गर्न फूल टिप्न गएकाे माैकामा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
भारतकाे सिलगुढी निवासी उनी केही समयदेखी छोरीको घरमा बस्दै आएका थिए ।
झापामा याे बर्षमात्रै हात्तीको आक्रमणबाट ८ जनाको ज्यान गएको छ ।


