साँकेतिक तस्बिर
मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । केही दिन यता पटकपटक अवरुद्ध भएको सडकखण्ड बिहानदेखी दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
रातको समयमा ३ नम्बर पुल नजिक पहिरो खसेपछि सडक पुनःअबरुद्व भएको थियो । सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
पहिरो खसेको स्थानमा १ वटा मालबाहक ट्रक पल्टिएको थियो । उक्त ट्रकलाई पन्छाएर सडक सञ्चालनमा ल्याइएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
राजधानीको लाइफलाइन मानिने यो सडकखण्ड पहिरो जादा पटक–पटक अवरुद्ध भएर हजारौ सवारी साधन र लाखौ यात्रुहरु घण्टौं जाममा पर्दा समस्यामा परेका छन् ।
पहिरो जुन कुनै पनि बेला जहाँ पनि जान सक्ने भन्दै सुरक्षित यात्रा गर्न वा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सर्व साधारण सबैमा अनुरोध गरेको छ ।


