मुस्ताङ । मुस्ताङी राजाको छोराको बिहेमा भोली लोमान्थाङ गाउँपालिकामा सार्वजनिक बिदा दिईएको छ । पालिकाले संस्कृतिबारे जानकारी दिन राजाको छोराको बिहेमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।
पालिकाका प्रमुख टसि न्हर्बु गुरुङले संस्कृतिबारे जानकारी दिन सार्वजनकि बिदा दिइएको बताए ।
लोमान्थाङ गाउँपालिका भित्र रहेको सबै कार्यालय र शिक्षण संस्थामा सोमबार सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ‘राजा’ झिग्मी सिङ्गी पलवर बिष्टका छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको बिहेका लागि बिदा दिइएको जारी सूचनामा भनिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै लोमान्थाङ क्षेत्रमा विविध कार्यक्रमका साथ विवाह उत्सव मनाउन लागिएको जनाउदै विद्यालयका बालबालिकामा पनि सो संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यले बिदा दिइएको उल्लेख गरिएको छ ।
लोमान्थाङमा अझै पनि पलवर बिष्टलाई राजाको उपाधि दिई विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरुमा सम्मान दिने चलन यथावत छ ।




















