काठमाडौ । ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन काठमाडौँ महानगरपालिकाको टोली बालुवाटार पुगेको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार पुगेको नगर प्रहरी एसपी दिनेश कुमार अर्यालले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
ब्यूरोले यस प्रकरणको अनुसन्धान गरिरहेको बेलामा महानगरले सरकारी जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो ।


