साँकेतिक तस्बिर
पूर्वी नवलपरासी । क्रसर उद्योगको नवीकरण नगरेको भन्दै यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् ।
असार १५ गते भित्र सरकारले नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेको हो । उनीहरुले बिक्री वितरण समेत ठप्प पारेका छन् ।
नेपाल रोडा ढुगा व्यवसायी संघ पूर्वी नवलपरासीका अध्यक्ष रिभरकुमार श्रेष्ठले क्रसर उद्योग खोल्न दिने तर नवीकरण नगर्ने सरकारको द्वय चरित्रका कारण व्यवसायी मारमा परेका बताए ।
क्रसर उद्योग बन्द हुँदा यहाँको निर्माण कार्य प्रभावित हुन थालेको छ । पूर्वी नवलपरासीमा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र समेत गरेर ३ दर्जन उद्योग छन् ।


