चितवन । आफ्नै बृद्व बुबाको हत्या गरेको आरोपमा चितवन प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ । ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका–२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेकबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी विवाद हुँदा टेकबहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट पश्चात फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


