भक्तपुर । आफ्नै काकाको हत्या आरोपमा १ युवकलाई प्रहरीले पक्राउ गरेको छ । ८१ वर्षीय कृष्णबहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादमा नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्णबहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


