मुग्लिन । सनिबार बिहान मुग्लिन–नारायणगढ खण्डमा गुडिरहेको कारमाथी पहिरो खसेको छ । कारमाथी पहिरो खसेपनि त्यसमा सवार सबै सकुशल रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
मुग्लिनबाट नारायणगढ तर्फ गईरहेको बेला तुइनभिरमा गुडिरहेको बागमती प्रदेश ०२५ च २१८१ नंम्बरको कारमाथि पहिरो खसेको थियो ।
पहाराको माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेको भन्दै सतर्कता अपनाएर मात्र यात्रा गर्न डिभिजन सडक कार्यालय सचेत गराएको छ ।
बिहीबार दिउँसो १ बजे पहिरो खसेको उक्त स्थानमा करिब २५ घण्टापछि शुक्रबार साँझ यातायात सुचारु गरिएको थियो ।


