×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

तीनै तहका सरकारको अन्तरसम्बन्धले मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पाण्डे

  •  गोरखा समाचार
  • शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनवटै तहका सरकारको अन्तरसम्बन्धले मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिने बताएका छन् । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकका सहभागीलाई स्वागत गर्दै उनले अन्तरसम्बन्धले सुशासन, विकास र समृद्धि प्राप्तीका लागि तीनवटै तहका सरकारको साझा प्रयास परिचालनको माग गर्ने बताए ।

    पछिल्लो समयमा सङ्घीयताविरुद्ध जनमत निर्माण गर्ने जोडतोडका साथ प्रयास भइरहेको बताउँदै उनले संविधानसभाबाट निर्मित संविधानबाट प्राप्त उपलब्धि सङ्घीयता, गणतन्त्र, समावेशितालाई आत्मसात् गर्न नसकेका शक्तिको प्रहारको निशानामा प्रदेश तह रहेको आभाष भएको बताए ।

    अन्तरप्रदेश मुख्यमन्त्री बैठक सातै प्रदेशबीच अनुभव आदानप्रदान गर्ने, सबल पक्षलाई थप मजबुत बनाउँदै संस्थागत गर्ने र दुर्बल पक्षलाई न्यूनीकरण गर्दै प्रदेशलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको उनले बताए । प्रदेश सरकार स्थापनाको छैटौँ वर्ष एवं दोस्रो कार्यकालसम्म आइपुग्दा प्रदेशको नामकरण/राजधानी तोकिनुका साथै प्रदेश सञ्चालनका लागि कानुन निर्माण भएको उनले बताए ।

    भौतिक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका कार्य भएको र प्रदेशलाई आवश्यक निकाय/सङ्घ संस्था निर्माण गरी काम हुँदै आएको उनले बताए । सङ्घीय कानुन निर्माण नभएका कारण प्रदेश कानुन निर्माण हुन नसकेको भन्दै उनले संविधानतः प्राप्त एकल अधिकारका विषय कार्यान्वयनमा समस्या देखिएको बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, “प्रहरी समायोजन नभएकाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न तथा सुरक्षा निकायसँग समन्वय गर्न कठिनाइ भएको छ । जग्गा प्राप्तिको पनि समस्या छ ।”

    कर्मचारी सरुवामा समन्वय नहुँदा आएका जटिलतालगायत विषयमा छलफल भई समाधानका उपाय पहिल्याइ सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई समन्वयकारी बनाउनुपर्ने उनले बताए । प्रदेश कानुनमा एकरुपता कायम गर्दै अन्तरप्रदेश कार्यक्रम तथा आयोजना सञ्चालन गर्ने विषयमा सहकार्य जरुरी रहेको बताउँदै उनले प्रदेशको औचित्यबारे साझा धारणा निर्माण गर्न यो बैठक सफल हुने विश्वास लिइएको बताए ।

    समग्रमा राजनीतिक, कानुनी, प्रशासनिक र वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउनेतर्फ हाम्रो ध्यान आकृष्ट हुन जरुरी रहेको बताउँदै उनले यसमा सङ्घीय सरकारले समन्वयका लागि नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने र सबै प्रदेश सरकार हातेमालो गर्नको लागि तयार रहेको र रहनुपर्नेमा जोड दिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.