काठमाडौ । औषधि व्यवस्था विभागले विभिन्न अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तर परीक्षण गरी गुणस्तर यकिन गर्न अनुरोध गरेको छ ।
विभागले एक सूचना जारी गर्दै अस्पतालहरुको फार्मेसीबाट बिक्री हुने औषधिहरुलाई परीक्षण गराई गुणस्तर यकिन गर्न अनुरोध गरेको हो ।

फार्मेसीबाट कम गुणस्तरका औषधी विक्री भएका भन्ने गुनासाका आधारमा विभागले अस्पताल फार्मेसीहरुले औषधि खरिद तथा बिक्री वितरण गर्दा गुणस्तरमा शंका लागेका औषधिहरुलाई परीक्षण गराई गुणस्तर यकिन गर्न पत्राचार गरेको छ ।




















