काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदमा प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वोच्च अदालतबाट खारेज भएको छ ।
अधिवक्ता युवराज सफलले राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै लामिछानेको पद खारेजीको मागसहित दोस्रो पटक रिट दर्ता गरेका थिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले लामिछानेविरुद्धको रिट खारेज गरेको हो ।


