झापा । झापाको शिवसताक्षी नगरपालिकामा २ वटा सवारी-साधन एक-आपसमा ठोक्किएदा २ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र १८ बर्षिया कुमकुम चौधरीको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले पुष्टी गरेका हाे । गुरुचरण र कुमकुम बाबुछोरी हुन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार उनीहरूको ज्यान गएको हो ।
मंगलबार बिहान भएकाे दुर्घटनामा परी गम्भीर घाइते भएका बाबु-छोरीलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो ।
उनीहरूको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।


