साँकेतिक तस्बिर
काठमाडौ । राजधानीको भोटेवहालमा आज बिहान इनारमा ढुब्दा २ जनाको ज्यान गएको छ । काठमाडौ महानगरपालिका–११ को भोटेवहाल अरनिको गल्लीमा रहेको दिपेश श्रेष्ठको इनारमा डुबेर २ जनाको सोमबार बिहान ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सिन्धुली मजुवा घर भई हाल काठमाडौ बसन्तपुर डेरा गरी बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई हाल काठमाडौ बसन्तपुर बस्ने ३८ वर्षीय दिपेन लिम्बु रहेका छन ।
ईनारमा रहेको पानी तान्ने मेसिन बनाउनका लागि मेसिन झिक्न इनारभित्र पस्दा उनीहरुको डुबेर घटना स्थलमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।


