रोल्पा । गाईको बाच्छी काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा माडी गाउँपालिका–५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेको रोल्पा प्रहरीले पुष्टी गरेको हो ।
नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाई राखेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरेको जनाएको छ ।



