हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको दुर्घटनामा परेर १ जनाको ज्यान गएको छ ।
भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएको हो ।
टिपरको ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्कुटर चालक भने सामान्य घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचारपश्चात घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।




















