साँकेतिक तस्बिर
आँबुखैरेनी । चट्याङ्ग लागेर तनहुँमा १ जना युवकको मृत्यु भएको छ । चटयाङ लागेर आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानी निबासी २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको हो ।
शुक्रबार बिहान गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
घरको कोठा भित्र शुक्रबार विहान बसिरहेको अवस्थामा चट्याङ पर्दा ति युवकको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहनबहादुर खाँडका अनुसार गुरुङको घरमा चटयाङ परेको र उनको तत्कालै मृत्यु भएको जानकारी दिए ।


