काठमाडौं । एकदिवसीय आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ ।
नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुदैछ ।
सुपर सिक्समा पुग्न आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने दवाव नेपाललाई रहेको छ । आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिन सक्छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो ।
हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ एक दिवसीय खेल भएको छ ।



