काठमाडौ । काठमाडौ महानगरपालिकाभित्र हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेन शाहको निर्णयविरूद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ। सिनेमा हल व्यवसायीहरूले हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
बुधबार हलवालाहरूको छाता संगठन चलचित्र संघले महानगरमा आदिपुरूषलगायत हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णयपछि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् ।


