साँकेतिक तस्बिर
ताप्लेजुङ । जिल्लाको सिकैचामा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका–३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राई भएको ताप्लेजुङ प्रहरीले पुष्टी गरेको हो ।
लक्ष्मणले आफ्नै श्रीमती ३१ वर्षीया निशा राईको हत्या गरेको अभियोग लागेको छ । सामान्य घरायसी विवादमा लक्ष्मणले भान्सा कोठामा रहेकी श्रीमती निशालाई दाउराको चिरपटले टाउँकोमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरीहरुको टोलीले लक्ष्मणलाई पक्राउ गरेको हो ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




















