आँबुखैरेनी । तनहुँको एक्ले फाँटमा आज भएको सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–२ को एक्लेफाँटमा बा. ७० प ९४७४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मृत्यु भएको हो ।
उक्त स्थानमा ना. ६ ख ३०१६ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्जुङ सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको आबुँखैरेनी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















