बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेर गएको ग. १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ को ठूलढुंगामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा १ जना जैमिनी नगरपालिका राङखानी घर भइ बागलुङ नगरपालिका–२ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का १ जनाको सनाखत हुन नसकेको बागलुङ प्रहरीले जानकारी दिएको छ ।
‘दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको कारण खुलिसकेको छैन । जीप सडकबाट करिब ५०० मिटर तल खोँचमा खसेको प्रहरीले जनाएको छ ।




















